बिर्तामोड / प्रस्तावित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले धार्मिक कार्यक्रममा धर्मको भन्दा बेसी राजनीतिका विषयमा चर्चा गरेका छन ।

राजनीतिक दलका नेताले राजनीतिक कार्यक्रम बाहेकमा उपस्थिति हुँदा समेत राजनीतिक विषयमा कुरा गर्नु नयाँ भने हैन । 

OM Sai Pathibhara Hospital

पछिल्लो समयमा एमालेको केन्द्रिय सदस्य बनेका स्वास्थ्य उद्यमी उनले पनि आफूले पाएको समयमा राजनीतिक विषयमा नै प्रवचन दिएका हुन् ।

हरेक विषयमा प्रष्ट कुरा गर्ने गरेका उनी आफ्नो अभिव्यक्तिकै कारण विवादमा र आलोचनामा समेत तानिने गरेका छन् । 

एमाले प्रवेशसँगै राजनीतिक वृत्तमा समेत चर्चामा रहेका उनले बिहीबार झापाको अर्जुनधारा १ स्थित आदिशक्ति गायत्री मन्दिरको आयोजनामा सञ्चालन भएको श्री ट्रम्प महापुराण एवं धान्याञ्चल महायज्ञ समुद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले राजनीतिक विषयमा प्रवचन दिएका हुन् । 

प्रमुख अतिथिका रुपमा पुराण उद्घाटन गर्न पुगेका प्रसाईँले विगतमा जिताएका नेताले काठमाण्डौमा घर बनाएर जनतालाई भुलेको भन्दै विगतमा जसरी गल्ती नगर्न सुझाव समेत दिएका छन् ।

उनले आफू आवद्ध दलको समेत बचाउ नगरी दिएका अभिव्यक्तिले आफ्नै दलका नेता तर्फ पनि प्रश्न खडा गरेको छ । 

आफूले आफ्नो तहबाट वैदेशिक रोजगारीमा गएका नेपालीलाई स्वदेशमा नै रोजगारी दिलाउन भूमिका खेल्ने बचन समेत दिएका छन् ।

मन्दिरले लगाएको पुराणलाई आर्थिक सहयोग जुटाउनमा नै केन्द्रित नगर्न भन्दै उनले मन्दिरलाई आवश्यक परेको मूर्ति आफूले दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

बिहीबारबाट सुरु भएको महायज्ञ पुष २२ सम्म सञ्चालन हुनेछ । समुद्घाटन समारोहमा  अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार राना , प्रस्तावित बि एण्ड सी मेडिकल कलेजकी अध्यक्ष इन्दिरा गिरी , विएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरी  , पदम प्रसाईँ र माधव आचार्य लगायतको उपस्थिति रहेको थियो ।