धर्म/संस्कृति

    Showing ६४१-६५० of ९७९ items.
  • तिहारको मुख्य दिन आज भाइटीका मनाइयो

    काठमाडौं–आज कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदै नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन, भाइटीका पर्व, श्रद्धा र परम्परासाथ मनाइएको छ। तिहारलाई यमपञ्चकका रूपमा पनि चिनिन्छ, र यस पाँचौं तथा अन्तिम दिनमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन्।धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर स्नेह अभिवृद्धि गर्नु, र दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउनु परम्परागत मान्यता हो। दिदीबहिनीबाट टीका लगाउँदा अखण्ड सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ। टीका

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ३९९ पटक पढिएको
  • आज तिहारको पाचौ(अन्तिम) दिन; भाइटीका शुभ साइत

    काठमाण्डौ । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ ।भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ ।टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्प

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ७०४ पटक पढिएको
  • तिहारको चौँथो दिन आज; गाईको पूजा गरि मनाइँदै

    काठमाण्डौ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा का

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ३७८ पटक पढिएको
  • आज गोरु, गोवर्द्धन, हली, गाई र म्हः पूजाको विशेष दिन

    काठमाडौं – आज कात्तिक शुक्ल प्रतिपदा, तिहारको चौथो दिन, गोरु, गोवर्द्धन, हली, गाई र आत्म (म्हः) पूजाका विशेष अवसरका रूपमा मनाइँदैछ। यस दिन गोरुलाई वर्षभर कृषिमा गरेको सेवाका लागि पूजा गरी मीठा परिकार खुवाइन्छ, जसलाई हली तिहार पनि भनिन्छ।गोवर्द्धन पूजामा आँगनमा गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गरिन्छ। यो परम्परा द्वापर युगमा भगवान श्रीकृष्णले गोवर्द्धन पर्वत उठाई गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएको सम्झनामा बसालेको विश्वास छ। गोवर्द्धन पूजाको विधि प्रतिपदा तिथिमा सूर्योदयमा गर्नुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ।त्यसैगरी, आजको दिन गाईको पूजा गरी उसलाई मीठा परिकार खुवाउने परम्पर

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ५४४ पटक पढिएको
  • पटकाजन्य पदार्थ प्रयोगमा तीन वर्ष कैद र ३० हजार जरिवाना

    काठमाडौं–तिहारको समयमा पटकाजन्य पदार्थ ओसारपसार र प्रयोग गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीले मुलुकी अपराध संहिता, २०७४ अनुसार यस कारबाहीको व्यवस्था रहेको जनाएका छन्। उनले पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषण र दुर्घटना निम्त्याउने भएकाले यसको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरणमा कडा कारबाही गरिने बताए।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सीमा र राजमार्गमा चेकजाँच गरेर अवैध ओसारपसार नियन्त्रणका लागि सघन अनुगमन भइरहेको जनाएका छन्। दैलेखमा हालै पटाका पड्काउँदा एक १३ वर्षीय बालकको मृ

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • ५३७ पटक पढिएको
  • आज तिहारको कुनै पर्व छैन : पञ्चांग निर्णायक विकास समिति

    काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको हो।यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • ५४३ पटक पढिएको
  • देसैभरी तिहारको झिलिमिली

    काठमाण्डौ  ।  झिलिमिली साँझ तिहारको लक्ष्मी पूजाको दिन झिलिमिली बत्तीले रङ्गिन बनेको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरंगी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।विशेषगरी काठमाडौँ उपत्यकासहि

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ६६० पटक पढिएको
  • तिहारको तेस्रो दिन: कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

    काठमाडौं–आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ, जसमा घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरेर मीठा खानेकुरा खुवाइन्छ। यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।धर्मशास्त्रविद्हरूका अनुसार कुकुरलाई यमराजका द्वारपाल श्याम र सबलका रूपमा सम्मान गरी मनाइन्छ। साथै, कुकुरलाई स्वर्ग यात्रामा युधिष्ठिरलाई साथ दिने पशुका रूपमा पनि लिइन्छ।आज नै नरक चतुर्दशीमा स्नान र तर्पण गर्ने विधि समेत छ, जसले नरकको दर्शनबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। तिहारका पाँच दिन तिलको तेल लगाएर स्नान गर्दा स्वास्थ्यलाई लाभ पुग्ने आयुर्वेदिक मान्यता रहेको छ, जस

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ४७१ पटक पढिएको
  • तिहारको तेस्रो दिन आज साँझ, लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

    काठमाण्डौ  । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ । इमान्दारीपूर्वक घरको पहरेदार

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ६४४ पटक पढिएको
  • काग तिहार आज, यमपञ्चक पर्वको शुभारम्भ

    काठमाडौं– आज कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ, जसमा यमराजको दूतका रूपमा कागलाई मीठो खान दिएर पूजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, सूर्योदयकालमा त्रयोदशी भएकाले आजका लागि काग तिहार मनाउन शास्त्रसम्मत निर्णय गरिएको हो। शास्त्रीय विधानअनुसार कागलाई यमदूत मानिँदै पूजाआराधना गरिन्छ, ताकि उसले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने विश्वास रहिआएको छ।धार्मिक मान्यता अनुसार “काकेन दधि भक्षितम्” भनाइले कागलाई दही भात मन पर्ने भएकाले आजको दिन कागलाई दही भात खुवाउने चलन छ। यस अवसरमा कागेश्वरी मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा गरिन्छ।तिहारको य

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ७०७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.