काठमाडौं— इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।क्रिसम
लेटाङ । माेरङकाे लेटाङ नगरपालिका १ स्थित धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे जुम्ल्याहा तालको बीचमा रहेको लाम्चो होचो ढिस्के डाँडामा अवस्थित राजारानी मन्दिर तथा पाेखरी आसपासकाे मनाेरम दृश्य हो यो । धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे यस स्थान वनभाेज खान, घुमफिर गरि अध्ययान अवलाेकन गर्न अगन्तुकहरूकाे जमघट हुने गर्दछ । यहाँ सुनगाभा, कमलकाे फूल पाहिने वनभोजस्थल सिमसारमा अनेक प्रजातिका जलपक्षी, जलवनस्पति साथै जिवजन्तुकाे संरक्षण भएकोले धिमालजातिको मूल मन्दिरका कारण यो स्थान महत्त्वपूर्ण मानिन्छ ।
रूपन्देहीं । ६ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबार(आज) देखि सञ्चालनमा आउने भएका छन्। एसियाली विकास बैंक(एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो।
झापा । झापाको शिवसताक्षी नगरपालिका २ धरमपुरकी यी एक सासुआमा मुनादेवि भट्टराईले ८ बर्ष पहिले आफ्नै घरमा बुहारी बनेर आएकी मुना देवि दाहाल केहि बर्ष घरमा बुहारीकै रुपमा रहिन तर देशमा चलेको कोरोना कहरका कारण वैदेशिक रोजगारीमै रहेका आफ्ना छोराको साउदी अरेबियामा निधन भएपछि घरमा मुना एकल रुपमा रहदै आएकी थिइन । आज फेरी छोरीकै रुपमा पराई घर सुम्पदै छु । यतिभन्दा आमा मुनादेवि भट्टराईको आखा आशुले भरीसकेको थियो । एकल रुपमा रहदै आएकी मुना दाहालकी एक ७ बर्षिय छोरी समेत छिन ।
इनरुवा । नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनमा इस्राइल मंसुरी पुन सभापति र नईम अन्सारी सचिवमा निर्वाचितनेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनबाट इस्राइल मंसुरी पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन । अधिवेशनले सचिवमा नईम अन्सारीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न अधिवेशनमा मुस्लिम समुदायका प्रतिनिधिहरू र नेपाली कांग्रेसका नेताहरुको व्यापक सहभागिता रहेको थियो । अधिवेशनको क्रममा विभिन्न वक्ताहरूले मुस्लिम समुदायका हक-अधिकारका मुद्दा उठाएका थिए। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले
काठमाण्डौ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा त
झापा । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाहीको माग गरेको छ ।सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिम र सचिव कालिप्रसाद रिजालले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक संजाल प्रयोग गरी ज्यान मार्ने धम्की दिने जो कोहीलाई कानुनी कार्वाही गर्न माग गरेका हुन। उनीहरुले सताक्षीधाममा शिवमहापुराण जस्तो पवित्र धार्मिक कार्यक्रम संचालन भइरहेको अबस्थामा कोही कसैसंग चित्त नबुझे सम्बन्धित ठाउँमा आएर वार्ताद्वारा सम
इलाम । इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औं जन्मोत्सव समारोहको अवसमार आयोजित धार्मिक उत्सवमा उपस्थित धार्मिक पर्यटकहरु । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा परिचित माङसेबुङमा यतिबेला धार्मिक पर्यटकको घुँइचो लागेको छ ।
झापा— केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजुली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवागमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको बताइन्छ । यो क्षेत्रमा अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिँदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताए ।विगत १० वर्षमा य
धनुषा – विवाहपञ्चमीमा आउने जन्तीलाई निमन्त्रणापत्र दिन विश्व हिन्दुपरिषदका पदाधिकारीहरु अयोध्या गएका छन् । उनीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या गएका हुन् । राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा दिन गएको टोलीलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गरे । मुख्यमन्त्री सिंह पनि भोलि वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह भोलि नै अयोध्या पुग्ने र पर्सि ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।प्रत्येक पाँच
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.