बजार

    Showing ४८१-४९० of ५०१ items.
  • फेसबुकले नाम परिवर्तन गरि मेटा राख्यो

    बिर्तामोड / फेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्।आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले नाम फेरेको हो। गुगलले पनि २०१५ मा कम्पनीको नाम अल्फाबेटा राखेको थियो।

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १४५ पटक पढिएको
  • नेपाल आउँदै २५ लाखदेखि एक करोड मूल्यसम्मका ६ इलेक्ट्रीक कार

    काठमाडौं / विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले ६ नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । हुन्डाई, टाटा, बीवाइडी, एमजी, किया र महिन्द्राले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् ।दशैंअघि एमजी र हुन्डाईले मात्रै इलेक्ट्रीक कार खोज्ने ग्राहकलाई गाडी दिन सकेका थिए । टाटा र बीवाइडी पनि केही यूनिट गाडी ग्राहकलाई हस्तान्त्रण गरेको जनाएका छन् ।विश्वभर देखिएको सेमी कन्डक्टरको समस्या समाधान उन्मुख भएसँगै कम्पनीहरुले विद्युतीय गाडीको उत्पादन बढाउने संकेत गरेकाले आयातकर्ताहरुले पनि नयाँ विद्युतीय कार नेपाल ल्याउने तयारी गरिरहेका छन् ।हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १८४ पटक पढिएको
  • २०० सीसी डर्ट बाइकमा ५६ हजार छुट

    काठमाडौं / ​बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हकमा भारी छुटको स्कीम ल्याएको छ । कम्पनीले फेस्टीभ सिजनमा रनर हक २००मा नगद ५६ हजार रुपैयाँ नगद छुट स्कीम ल्याएको हो ।कम्पनीले ल्याएको स्कीममा हरेक रनर हक २०० को खरिदमा ग्राहकले हेल्मेट, २० पटकको फ्रि सर्भिस कुपन तथा २ बर्षको इन्जिन वारेन्टी प्राप्त गर्ने छन् ।४ लाख २५ हजार रुपैयाँ विक्री मूल्य रहेको रनर हक २०० फेस्टीभ अफरमा ३ लाख ६९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ ।रनर हकमा १९८.३ सीसी इन्जिन रहेको यो वाइकले ७५०० आरपीएममा १२.७ हर्स पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क प्रदान गर्छ 

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १९२ पटक पढिएको
  • अब, भिडिओ कलमा खसी हेरेर अर्डर गर्न सकिने

     काठमाडौं / अब सामाजिक सञ्जालमा भिडिओ कल गरेर खसी छनौट गरी अर्डर गर्न सकिनेछ ।  ई-फार्मले सुरु गरेको ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैँले रोजेर खसी, कुखुरा र हाँस किन्न सक्ने ब्यवस्था गरिएको छ । असोज २५ देखि सुरु भएको खसी मेला कात्तिक ९ गतेसम्म चल्नेछ। खसी तथा कुखुरा अर्डर गर्नका लागी बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फोन गर्न सकिने   कम्पनीले जनाएको हो ।ई-फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्री सुरु गरिएको बताइएको छ । ग्राहकको मागअनुसार खसी जिउँदै वा काटेर सफा गरेर डेलिभरी गरिने कम्पनीले जनाएको छ ।ई-फार्मको वेबसाइट, टेलिकम

    • प्रकाशित मितिः असोज २५, २०७८
    • १९७ पटक पढिएको
  • इलेक्ट्रीक स्कुटरमा दशैं अफरः २५ हजार नगद छुटदेखि आइफोनसम्म

    काठमाडौँ  / इलेक्ट्रीक स्कुटर आयात कम्पनीहरुले फेस्टीभ अफर सार्वजनिक गरेका छन् । नेपालमा इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएका एनआइयु, टेल्जी, प्योर इभी, लुयान, याडिया जस्ता कम्पनीले फेस्टीभ अफर सार्वजनिक गरेका हुन् ।कम्पनीहरुले नगद २५ हजारदेखि बम्पर उपहार जित्न सक्नेगरी स्कीम ल्याएका छन् । यो स्कीमले विद्युतीय स्कुटर किन्न चाहने ग्राहकलाई निकै राम्रो अफर प्रदान गरेको छ ।इलेक्ट्रीक स्कुटर कम्पनी याडियाले ल्याएको दशैं स्कीममा २५ हजार नगद छुट दिने उल्लेख छ । कुजु नेपाल प्रालिले हरेक स्कुटरको खरिदमा नगद छुटको अलावा दुई हेल्मेट र २ हजार रुपैयाँ बराबरको फुड भौचरसमेत निःशुल्क प्रदान गर्ने जनाएको

    • प्रकाशित मितिः असोज २२, २०७८
    • १७८ पटक पढिएको
  • फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

    काठमाडौं / फेसबुकका लागि यो हप्ता साँच्चीकै खराब रह्यो । पहिलो त सन् २००८ पछिकै सबैभन्दा ठुलो आउटेज अर्थात सर्भिस डाउन भयो । अर्को यही हप्ता फेसबुकले अदालत पनि फेस गर्‍यो ।त्यतिमात्रै नभएर यतिबेला फेसबुकका १.५ बिलियन अर्थात १ अर्ब ५० करोड प्रयोगकर्ताको डेटा ह्याकरले बिक्रीमा राखेका छन् ।प्राइभेसी अफियर्स नामक प्राइभेसी रिसर्च कम्पनीले ह्याकर प्ल्याटर्फममा फेसबुक प्रयोगकर्ताको डेटा फेला परेको बताएको हो । ह्याकरले डेटा फेसबुक सिस्टम ह्याक गरेर वा अन्य कुनै डेटा लिकबाट संकलन गरेको डेटा बिक्रीमा राखेको हो भन्ने विषय भने उल्लेख गरिएको छैन् ।लिक भएको डेटामा इमेल एड्रेस, लोकेसन, जेन्डर, फोन नम्बर र फ

    • प्रकाशित मितिः असोज २२, २०७८
    • १६९ पटक पढिएको
  • यस्ता छन्, दुई लाखभन्दा कम मूल्यमा किन्न पाइने उत्कृष्ट मोटरसाइकल

    बिर्तामोड / सरकारले १२६ सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा १० प्रतिशतले वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ । यसअघि २ लाख ६० हजार हाराहारीमा पाइने १५० सीसी क्षमता मोटरसाइकलको मूल्य अहिले बढेर ३ लाख हाराहारी पुगेको छ ।कम सीसीका मोटरसाइकल विषेश गरेर समथर जमिन भएको तराई क्षेत्रमा धेरै विक्री हुने गरेको पाइन्छ । यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका छन् ।होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ड्रिम रहेको

    • प्रकाशित मितिः असोज २०, २०७८
    • २५३ पटक पढिएको
  • ६ घण्टाको विश्वव्यापी अवरोधपछि चले सामाजिक सञ्जाल

    एजेन्सी / करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् ।आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् । नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् ।केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ । सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए । नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्

    • प्रकाशित मितिः असोज १९, २०७८
    • २४२ पटक पढिएको
  • सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन

    बिर्तामोड / सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटर साथै टिकटक मार्फत व्यापक गुनासो गरिरहेका छन् ।  सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि सामाजिक संजाल फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएको विषयमा ट्विटर र टिकटकमा सामाजिक सन्जाल प्रयोगकर्ताले व्यापक गुनासो गरिरहेका छ

    • प्रकाशित मितिः असोज १९, २०७८
    • २५० पटक पढिएको
  • एमजी हेक्टरको बुकिङ सुरु

    काठमाडौं / एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको बुकिङ खुल्ला गरेको छ । एमजीले भारतमा उत्पादन गरेको हेक्टर पहिलो पटक नेपाल आएसँगै यसको बुकिङ खुल्ला भएको हो ।कम्पनीले अहिले हेक्टरको साइन भेरियन्ट नेपाल ल्याएको छ । यसको म्यानुयल र अटोमेटीक भेरियन्टको मूल्य क्रमशः ६१ लाख र ६६ लाख हुने बताइएको छ ।एमजीले हेक्टरमा १.५ लिटर टर्बोचार्ज्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्अल(क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।पारामाउन्ट मोटर्सले अहिले हेक्टरको बुकिङसँगै डिलरहरुसमेत माग ग

    • प्रकाशित मितिः असोज १२, २०७८
    • १९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.