बिर्तामोड / सरकारले १२६ सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा १० प्रतिशतले वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ । यसअघि २ लाख ६० हजार हाराहारीमा पाइने १५० सीसी क्षमता मोटरसाइकलको मूल्य अहिले बढेर ३ लाख हाराहारी पुगेको छ ।

कम सीसीका मोटरसाइकल विषेश गरेर समथर जमिन भएको तराई क्षेत्रमा धेरै विक्री हुने गरेको पाइन्छ । यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका छन् ।

OM Sai Pathibhara Hospital

होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ड्रिम रहेको छ । यो मोटरसाइकलको मूल्य अहिल १ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । यो मोटरसाइकलमा ११० सीसी क्षमताको इन्जिन रहेको छ ।

बजाजले विक्री गर्ने १०० सीसी इन्जिन क्षमताको प्लाटिना १०० इसका बजाजको सबैभन्दा सस्तो मोटरसाइकल हो । यो मोटरसाइकलको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

हिरो एचएफ डिलक्स हिरोको सबैभन्दा कम मूल्य भएको मोटरसाइकल हो । यो मोटरसाइकलमा ९७ सीसीको इन्जिन रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ७८ हजार रुपैयाँ कायम गरेर विक्री हुँदै आएको छ । त्यस्तै स्प्लेन्डर आई स्मार्ट ११० को मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ रहेको छ ।

जगदम्बा मोटर्सले विक्री गर्ने स्टाइकर १२५ मोटरसाइकलको मूल्य १ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ । साथै, कम्पनीले विक्री गर्ने अर्को ११० सीसी इन्जिन क्षमता भएको मोटरसाइकल मोटर रेडीयनको मूल्य १ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ ।