काठमाडौँ  / इलेक्ट्रीक स्कुटर आयात कम्पनीहरुले फेस्टीभ अफर सार्वजनिक गरेका छन् । नेपालमा इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएका एनआइयु, टेल्जी, प्योर इभी, लुयान, याडिया जस्ता कम्पनीले फेस्टीभ अफर सार्वजनिक गरेका हुन् ।

कम्पनीहरुले नगद २५ हजारदेखि बम्पर उपहार जित्न सक्नेगरी स्कीम ल्याएका छन् । यो स्कीमले विद्युतीय स्कुटर किन्न चाहने ग्राहकलाई निकै राम्रो अफर प्रदान गरेको छ ।

OM Sai Pathibhara Hospital

इलेक्ट्रीक स्कुटर कम्पनी याडियाले ल्याएको दशैं स्कीममा २५ हजार नगद छुट दिने उल्लेख छ । कुजु नेपाल प्रालिले हरेक स्कुटरको खरिदमा नगद छुटको अलावा दुई हेल्मेट र २ हजार रुपैयाँ बराबरको फुड भौचरसमेत निःशुल्क प्रदान गर्ने जनाएको छ ।

त्यस्तै हालै मात्र नेपालमा भित्रिएको ओपाइ ब्रान्डले पनि फेस्टीभ सिजनको अवसरमा २५ हजार नगद छुट दिने स्कीम ल्याएको छ ।

अर्को ब्राण्ड टेल्जीका स्कुटरमा नगद १५ हजार रुपैयाँ छुट दिने अफर सार्वजनिक गरेको छ । कम्पनीले एक्सचेन्ज अफरसमेत दिएको छ । ग्राहकले जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटरसँग टेल्जीका स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले बजारमा मूल्यमा थप १५ हजार मूल्याङ्कन दिने जनाएको छ ।

त्यस्तै एनआइयूले नगद ५ हजार रुपैयाँ छुट तथा अन्य स्कीम ल्याएको छ । कम्पनीले १ वर्षको रोड ट्याक्स, २५ हजार बराबरको एशोसरिज तथा एनआइयु मर्चेन्ट निशुल्क प्रदान गर्ने जनाएको छ । त्यसैगरि लक्की ड्र मार्फत एनजनाले ९० हजारको एनआइयु साइकल जित्न सक्नेछन् ।

प्योर इभीले ल्याएको स्कीममा ग्राहकले स्क्याच मार्फत १० हजार रुपैयाँ तथा अन्य थुप्रै प्राइज जित्न सक्नेछन् । स्क्रायच मार्फत आइफोन १२, अटोमेटीक इलेक्ट्रीक साइकल, १० हजारसम्म क्यास व्याक तथा पोखरा टुर प्याकेज जित्न सक्नेछन् ।

त्यसैगरि लुयान कम्पनीले हरेक लुयान स्कुटरको खरिदमा ग्राहकलाई नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । फेस्टीभ अफरमा ग्राहकले हेल्मेट, स्कुटर कभर, ब्याक रेस्ट र १ वर्षको रोड ट्याक्स निःशुल्क प्रदान गर्ने जनाएको छ । (मेरोअटोबाट)