बिर्तामोड / सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन भएको छ ।

 प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटर साथै टिकटक मार्फत व्यापक गुनासो गरिरहेका छन् ।  सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि सामाजिक संजाल फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन ।

 यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएको विषयमा ट्विटर र टिकटकमा सामाजिक सन्जाल प्रयोगकर्ताले व्यापक गुनासो गरिरहेका छन् ।

यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।