काठमाडौं / अब सामाजिक सञ्जालमा भिडिओ कल गरेर खसी छनौट गरी अर्डर गर्न सकिनेछ ।  ई-फार्मले सुरु गरेको ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैँले रोजेर खसी, कुखुरा र हाँस किन्न सक्ने ब्यवस्था गरिएको छ । 

असोज २५ देखि सुरु भएको खसी मेला कात्तिक ९ गतेसम्म चल्नेछ। खसी तथा कुखुरा अर्डर गर्नका लागी बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फोन गर्न सकिने  
 कम्पनीले जनाएको हो ।

OM Sai Pathibhara Hospital

ई-फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्री सुरु गरिएको बताइएको छ । ग्राहकको मागअनुसार खसी जिउँदै वा काटेर सफा गरेर डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

ई-फार्मको वेबसाइट, टेलिकम अथवा एनसेलको नम्बरमा कल गरेर समेत अर्डर गर्न सकिनेछ । ई-फार्मले केही साताअघि देखि नै अनलाइनबाट प्रि-बुकिङ सुरु गरेको थियो ।

त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजी भन्दा बढी अर्डर दिएर घरमै डेलिभरी प्राप्त गर्न सक्ने बताइएको छ । ई(फार्ममा धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडी जिल्लाबाट ल्याइएका खसी र नुवाकोटका कुखुरा उपलब्ध छन् ।