काठमाडौं / एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको बुकिङ खुल्ला गरेको छ । एमजीले भारतमा उत्पादन गरेको हेक्टर पहिलो पटक नेपाल आएसँगै यसको बुकिङ खुल्ला भएको हो ।

कम्पनीले अहिले हेक्टरको साइन भेरियन्ट नेपाल ल्याएको छ । यसको म्यानुयल र अटोमेटीक भेरियन्टको मूल्य क्रमशः ६१ लाख र ६६ लाख हुने बताइएको छ ।

OM Sai Pathibhara Hospital

एमजीले हेक्टरमा १.५ लिटर टर्बोचार्ज्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्अल(क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।

पारामाउन्ट मोटर्सले अहिले हेक्टरको बुकिङसँगै डिलरहरुसमेत माग गरेको छ । कम्पनीले अहिले इजेडएस, एचएस जस्ता मोडल विक्री गर्दै आएको छ भने त्यसमा हेक्टर पनि थपिएको छ ।