काठमाडौं / ​बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हकमा भारी छुटको स्कीम ल्याएको छ । कम्पनीले फेस्टीभ सिजनमा रनर हक २००मा नगद ५६ हजार रुपैयाँ नगद छुट स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा हरेक रनर हक २०० को खरिदमा ग्राहकले हेल्मेट, २० पटकको फ्रि सर्भिस कुपन तथा २ बर्षको इन्जिन वारेन्टी प्राप्त गर्ने छन् ।

OM Sai Pathibhara Hospital

४ लाख २५ हजार रुपैयाँ विक्री मूल्य रहेको रनर हक २०० फेस्टीभ अफरमा ३ लाख ६९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ ।

रनर हकमा १९८.३ सीसी इन्जिन रहेको यो वाइकले ७५०० आरपीएममा १२.७ हर्स पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क प्रदान गर्छ