झापा / पछिल्लो सयमा जलविद्युतमा लगामा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सरकारका साथै निजी क्षेत्रका व्यवसायीहरूले पनि धमाधम हाइड्रोपावरमा लगानी गरिरहेका छन् ।एकपटक लगानी गरिसकेपछि निरन्तर आम्दानी हुने, उत्पादित बिजुली खेर गए पनि सम्झौता अनुसार पैसा आउने, नेपालमा खपत नभए विदेशसम्म निर्यात गर्न सक्ने लगायत कारणले हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको हो । साथै, सरकारले जलविद्युतमा लगानी गर्नेलाई विभिन्न सहुलियत तथा छुट दिएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । हाल निजी लगानीका १२० बढी हाइड्रोपावर निर्माणधीन अवस्थामा रहेका छन् भने सरकारी लगानीका आधा दर्जन आयोजना निर्माण भइरहेका छन् । नेपाल
काठमाडौं / नेपाली बजारमा सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ / सरकारले नेपाल आयल निगमलाई ७ अर्ब ऋण दिने भएको छ ।भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम अभाव भएपछि गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले निगमलाई उक्त ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।शुक्रबारको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेकोले ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई रकम उपलब्ध गराएको जानकारी दिए ।त्यसैगरी सरकारले पूर्वाधार करबाट समायोजना भएको ५९ करोड ८६ लाख रकम अनुदान स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णयसमेत गरेको
काठमाडौँ / भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई ३२ असार (जुलाइ १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपै
काठमाडौँ / दक्षिण एसियाली मुलुक श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक टाट पल्टिएर इतिहासकै गहिरो आर्थिक सङ्कटमा फसेको छ ।समस्या यति जटिल छ कि आर्थिक सङ्कटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धन जस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेर श्रीलङ्काका राष्ट्रपति देश छोडेर भागेका छन् ।प्रदर्शनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई नियन्त्रणमा लिएका छन्। आक्रोशित प्रदर्शनकारीले सरकारी निवासमा नै कब्जा गरेपछि राष्ट्रपति फरार हुन बाध्य भएका हुन्। उनी अहिले मालदिभ्स हुँदै सिङ्गापुरमा निर्वासनमा पुगिसकेका छन्। यी सबका बीच जनता सडकमा उत्र
काठमाडौं / हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरू भएको छ ।गत वैशाख २३ गते एक आपसमा मर्जर सम्झौता गरेका कम्पनीले आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।एकीकृत कारोबार सुरु गरेको कम्पनीको केन्द्रीय कार्यालय बबरमहलस्थित साविकको हिमालयन जनरल इन्स्योरेन्समा रहनेछ । हिमालयन एभरेष्टको अध्यक्षको जिम्मेवारी हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बनेका छन् भने सञ्चालक समितिमा दुवै संस्थाबाट ३/३ जनाको प्रतिनिधित्व रहेको छ ।नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हिमालयनकै विजय बहादुर शाहलाई र
झापा / सुनसरीको देवानगन्जबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राएको ३० लाख बराबरको लत्ताकपडा बरामद गरेको छ । शुक्रबार बिहान २ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी)बाट खटिएको प्रहरी टोलीले सुनसरी देवानगन्ज गाउँपालिका –७ स्थित पक्की टोलबाट उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।प्रहरीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी कपडा ल्याउँदै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको थियो । ट्रक चालक भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएको र उनको खोजतलास भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएको लत्ताकपडा र गाडीलाई
काठमाडौं / आज (शुक्रबार) देखि दोस्रो बजारमा थप २ कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।एक आपसमा मर्जरमा जाने सम्झौता गरेका महालक्ष्मी लाइफ इन्स्युरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको आजदेखि सेयर कारोबार रोक्का हुने भएको हो ।अब एकीकृत कारोबार नहुन्जेल यी कम्पनीको सेयर कारोबार रोक्का हुनेछ । यी दुईसहित हाल मर्जरमा जाने सम्झौता गरेको १७ इन्स्युरेन्स कम्पनीको सेयर कारोबार रोक्का छ ।
काठमाडौं / केही दिनयता लगातार घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधबार सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।त्यस्तै बुधबार ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।
काठमाडौं / हिमालयन हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। हाइड्रोपावरले असार १५ बाट १९ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता साधारण सेयर आज बिक्री प्रबन्धकको कार्यालयमा बाँडफाँट गरेको हो। हाइड्रोपावरले जारी गरेको आइपीओमा १५ लाख ९५ हजार ५ सय ५४ जना आवेदकहरूबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि दरखास्त परेको थियो। यसमध्ये १५ लाख ९३ हजार ७९६ जना योग्य आवेदकहरू थिए भने विभिन्न कारणले १ हजार ७५८ जनाको दरखास्त रद्द भएको थियो। योग्य आवेदकहरु मध्ये १ लाख ८३ हजार ४५ जना आवेदकले १०/१० कित्ता र २ जनाले ११/११ कित्ताका दरले आईपीओ पा
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.