आर्थिक

    Showing 4,301-4,310 of 4,335 items.
  • तोलामा ४०० ले बढ्यो सुनको मूल्य

    बिर्तामोड / स्थानीय बजारमा सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा  ८६ हजार सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा  ८६ हजार १ सय ५० रुपैयाँमा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७ सत ५० रुपैयाँमा कारोवार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २ सय ७० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १, २०७७
    • 109 पटक पढिएको
  • कोरोना रोकथामका नाममा भएको खर्चको छानबिन माग

    म्याग्दी (रासस)/ जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको अस्वाभाविक र शङ्कास्पद खर्चमा पारदर्शीताको प्रश्न उठाउँदै सरोकारवालाले छानबिनको माग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र खोप अभियानका विषयमा जानकारी लिन शुक्रबार बेनी आएको गण्डकी प्रदेशसभाअन्तर्गतको अनुगमन समितिसँग जिल्लाका सरोकारवालाले प्रशासनले गरेको खर्चका बारेमा छानबिन गर्न माग गरेका हुन् ।  बजेट नै नभएको भन्दै प्रदेशले पठाएको बजेट लुकाउन खोजेको प्रशासनले सार्वजनिक कार्यक्रममै पटक–पटक प्रश्न उठेपछि ‘गोलमटोल’ शैलीमा २०७६ चैतदेखि २०७६ असार मसान्तसम्म १९

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 117 पटक पढिएको
  • मर्जर हुँदै नेपालका दुई ठुला बैंक

    बिर्तामोड / निजी क्षेत्रका दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिममा पुगेको छ । दुबै बैंकका संचालक समितिमा कुरा मिलेमछी मर्जरको समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।दुई बैंकको आन्तरीक हिसाब–किताब मिलाउने काम सकिएको र समझदारी पत्रमा चाँडै हस्ताक्षर हुने हिमालयन बैंकका एक उच्च अधिकारीले जानकारी गराएका छन् । दुई बैंकविचको मर्जरमा सेयर अनुपात १ बराबर १ नै हुने गरी कुरा मिलीसकेको ति अधिकारीले जानकारी गराएका छन् ।हिमालयन बैंकका ति अधिकारीले भने – ‘डिडिए रिपोर्ट आइसकेका छन्, बोर्ड र व्यवस्थापनको संरचनाबारे पनि करिब सहमति भएको छ, अबको केही दिनभित्रमा नै समझदा

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 143 पटक पढिएको
  • नयाँ गुद्री बजारमा विद्युतीय कारोवार शुरु

    बिर्तामोड/ विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिर

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 130 पटक पढिएको
  • एनएमबि बैंक कर छलीमा संलग्न

    बिर्तामोड / निजि क्षेत्रको एनएमबी बैंक राजश्व छलीमा संलग्न रहेको खुलासा भएको छ । काठमाण्डौको बबरमहलमा रहेको केन्द्रिय कार्यालय सहित देशभर प्रमुख शहरमा शाखा कार्यालय रहेको वैंकबाट नै राजश्व छली भएको भेटिएपछि राजश्व अनुशन्धान कार्यालयले छानविन गरी कारवाही थालेको छ ।विभाग मातहतको ठुलाकर दाता कार्यालयले वैंककै प्रमुख अधिकारीबाट कर छली भएको भेटेपछि कर छलीका विषयमा वैंकका प्रमुख कार्यकारी अधिकृत  विरुद्द सर्वोच्च अदालतमा मुद्दा नै दायर भएको पाईएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैंकमा कार्यरत अधिकारी र कर्मचारीका लागि खरिद गरेको सवारीसाधनमा  ‘ह्रास खर्च’ भन्दै राजश्व छली गर

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 136 पटक पढिएको
  • धमाधम बन्द हुँदैछन् झापाका चामल उद्योग

    झापा / तीन दशकअघिसम्म चामलसँग सम्बन्धित २६ ठूला ‘राइस मिल’ सञ्चालनमा थिए । यसअघि ती मिलबाट उत्पादित चामल भारत निर्यात हुने गरे पनि हाल पाँच राइस मिल धरमराउँदै चलिरहेका छन् । विडम्बना, भारतबाट चामल आयात हुँदै आएको छ । सरकारले धान चामल उद्योगमा संरक्षणकारी नीति बनाउन नसक्दा मुलुकको चामल उद्योग धरासायी भएको भद्रपुरका पुराना उद्योगी यामबहादुर श्रेष्ठको धारणा छ । “म विसं २०३२ देखि चामल उद्योग चलाउँदै आएको व्यक्ति हुँ, सरकारले कहिले पनि सहुलियत ऋण दिने र बजार सुनिश्चित गर्ने नीति ल्याएन”, झापा उद्योग सङ्घको अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, “नाममा मात्र नेपाल कृषिप्रधान रह्यो, कृषक र कृषिमा आधा

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 135 पटक पढिएको
  • ज्योतिको आइपिओमा नयाँ रेकर्ड

    काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजा

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 108 पटक पढिएको
  • नक्कली गुणस्तर चिन्ह प्रयोग गर्दै सम्राट सिमेन्ट बजारमा

    बिर्तामोड / सम्राट सिमेन्ट उद्योगले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह र ईजाजत नै नलिई बजारमा सिमेन्ट बजारमा विक्री वितरण गर्दै आएको सार्वजनिक भएको छ ।विभागले बजारमा अनुमित विना नै बिक्री वितरण थालेको अनुगमनका क्रममा फेला पारेपछि सो उध्योग माथि कारवाही थालेको हो । दाङको सतबरियामा रहेको सो उद्योगले अुनमित नै नलिई कम गुणस्तरको सिमेन्ट देशभर नै विक्री वितरण गर्दै आएको छ ।सो उध्योगले विभागवाट नेपाल गुणस्तर प्रमाण चिन्ह नै नपाएको भएपनि चिन्ह राखेर बिक्रि गरेकोले कारबाही गरेको विभागले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 112 पटक पढिएको
  • चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

    काठमाडौँ/  ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ ।नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि डिसेम्बर) सम्म पूर्ण रुपमा बन्द गरिएको थियो । हालसम्म पनि पहिलेको तुलनामा अवलोकनकर्ताको सङ्ख्या न्यून  रहेको चिडिय

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 101 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड/ स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।  तोलामा ८५ हजार ६०० रुपिैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २०० रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १ सय ५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसैगरी चाँदीको मूल्य पनि आज तोलामा  १५ रुपैयाँले उकालो लागेको छ । एक हजार २ सय ५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २ सय ७० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.