बिर्तामोड / स्थानीय बजारमा सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा  ८६ हजार सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा  ८६ हजार १ सय ५० रुपैयाँमा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७ सत ५० रुपैयाँमा कारोवार भएको थियो । 

OM Sai Pathibhara Hospital

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २ सय ७० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।