बिर्तामोड / निजी क्षेत्रका दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिममा पुगेको छ । दुबै बैंकका संचालक समितिमा कुरा मिलेमछी मर्जरको समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

दुई बैंकको आन्तरीक हिसाब–किताब मिलाउने काम सकिएको र समझदारी पत्रमा चाँडै हस्ताक्षर हुने हिमालयन बैंकका एक उच्च अधिकारीले जानकारी गराएका छन् । दुई बैंकविचको मर्जरमा सेयर अनुपात १ बराबर १ नै हुने गरी कुरा मिलीसकेको ति अधिकारीले जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

हिमालयन बैंकका ति अधिकारीले भने – ‘डिडिए रिपोर्ट आइसकेका छन्, बोर्ड र व्यवस्थापनको संरचनाबारे पनि करिब सहमति भएको छ, अबको केही दिनभित्रमा नै समझदारी पत्रमा हस्ताक्षर हुन्छ,’ ।

ति अधिकारीका अनुसार मर्जरपछि बैंकको संचालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे रहने र नयाँ बन्ने बैंकको नाम भने  दुबै बैंकको पहिचान नगुम्ने गरि राख्ने सहमति भएको छ । मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक  हुन सक्ने बताईएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ ।