आर्थिक

    Showing 4,071-4,080 of 4,335 items.
  • आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

    काठमाडौँ / विदेश जाने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई सात अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 119 पटक पढिएको
  • ग्यालेक्सी टेलिभिजनका मालिक अवैध कारोबारी !

    बिर्तामोड / चर्चित पत्रकार रवि लामिछाने निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक तथा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी नेटवर्किङ व्यवसायमा संलग्न रहेको सार्वजनिक भएको छ । सर्वसाधारण ठगिएको नेटवर्किङ व्यवसायमा जोशी संलग्न रहेको सार्वजनिक भएको हो । नेपालमा गैरकानुनी मानिने नेटवर्किङ कारोबारमा एनआरएनएका पदाधिकारी तथा राजनीतिक दलका नेताहरू समेत संलग्न रहेको पाइएको छ ।ग्यालेक्सी फोरके टेलिभिजनका संचालक तथा पूर्व डीआईजी जोशी नेचर हर्ब्स इन्टरनेसनल नामक नेटवर्किङ व्यवसाय गर्ने कम्पनीमा उपाध्यक्ष छन् । जोशी

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 695 पटक पढिएको
  • प्रदेश १ को पहिलो ‘कृषि होमस्टे’ गौरादहमा

    झापा / गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातावरण अनुकुल रहेको नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले एक करोड २० लाख रुपैयाँको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोभिड–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिएका छन् । कृ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 150 पटक पढिएको
  • आगामी आर्थिक वर्षमा ९० प्रतिशत कर छुट दिने

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले कोभिड –१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ ।  कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड –१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६/०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरिएको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८/०७९ को सम्पत्ति करमा थप ८०  प्रतिशत छुट दिने र, सबै करदाताका लागि २०७८ पुस मसान्तसम्म सम

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 113 पटक पढिएको
  • पुनःनिर्माणमा खटिएका प्राविधिकको खर्च निकासा

    काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ । लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 141 पटक पढिएको
  • अनुदानले उत्साहित व्यावसायिक पशुपालक

    टीकापुर / कैलालीको जानकी गाउँपालिकाका पशुपालक अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् । किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो । गाउँपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७/२०७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रम समेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ । पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 104 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    बिर्तामोड / मूल्यवृद्धिको विषयलाई लिएर विद्यार्थी संगठन आन्दोलित भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।                                                           

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 435 पटक पढिएको
  • सुनको मुल्य बढ्यो

    काठमाडौँ  / बुधबार सुन सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ३०० रूपैयाँले बढेको छ भने चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको मुल्य प्रति तोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । मंगलबार दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मुल्य पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको मुल्य प्रति तोला १ हजा

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 103 पटक पढिएको
  • कोरोना बढेसँगै गाउँपालिकाको बजेट अधिवेशन स्थगित

    फुङ्लिङ / ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुन नसकेको जनाईएको छ ।स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएपनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै बुधबारकालागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिएका छन् ।एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले बोलाइएको गाउँसभा रोक्न

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 137 पटक पढिएको
  • सेयर बजारमा १६ अंकको वृद्धि

    काठमाडौँ / सेयर बजारको परिसूचक नेप्से मंगलबार १६ अंकले बढेको छ। १६.३४ अंकले बढेर परिसूचक २८७१ अंकमा कायम भएको छ। कारोबार रकम भने झण्डै आधा घटेको छ।सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंक भएको हो ।  नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । तथापि, यस दिन यता नेप्से परिसूचक अधिकतम १६.३४ अंकले बढिरहँदा उता सेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ । नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ ह

    • प्रकाशित मितिः असार २९, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.