काठमाडौँ  / बुधबार सुन सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ आज सुनको मुल्य तोलामा ३०० रूपैयाँले बढेको छ भने चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको मुल्य प्रति तोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम गरेको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मुल्य पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको मुल्य प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम गरेको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।