काठमाडौँ / सेयर बजारको परिसूचक नेप्से मंगलबार १६ अंकले बढेको छ। १६.३४ अंकले बढेर परिसूचक २८७१ अंकमा कायम भएको छ। कारोबार रकम भने झण्डै आधा घटेको छ।
सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंक भएको हो ।
नेप्सेका
अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच
हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ ।





































