काठमाडौँ / सेयर बजारको परिसूचक नेप्से मंगलबार १६ अंकले बढेको छ। १६.३४ अंकले बढेर परिसूचक २८७१ अंकमा कायम भएको छ। कारोबार रकम भने झण्डै आधा घटेको छ।
सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंक भएको हो ।
नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका
ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको
छ । तथापि, यस दिन यता
नेप्से परिसूचक अधिकतम १६.३४ अंकले बढिरहँदा उता सेयर कारोबार भने साढे ५ अर्ब
रुपैयाँ बराबरको मात्र भएको छ ।
नेप्सेका
अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच
हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ ।






































