झापा / गौरादह नगरपालिका५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातावरण अनुकुल रहेको नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले एक करोड २० लाख रुपैयाँको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो पहिलो कृषि होमस्टेहो ।

यद्यपि सहकारीले कोभिड१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

कृषि पर्यटनलाई लक्षित गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ । तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा आठ वटा सुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ । उनका अनुसार दुई वटा कोठामा दुई/दुई वटा शैया रहेका छन् भने बाँकी छ वटा कोठामा आठ वटाका दरले शैया व्यवस्थापन गरिएको छ ।

विसं २०७० मा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाएको छ । नाफा कमाउने सोचले होइन”, अध्यक्ष चौपागार्इं भन्छन्, “अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।

तीन वर्ष अघि सरकारले मुलुक भरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा ६५ लाख रुपैयाँ, २०७६÷०७७ मा ४५ लाख रुपैयाँ र चालु आव २०७७/०७८ सालमा ५० लाख रुपैयाँ गरी कूल एक करोड ६० लाख रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिएका छन् ।

सो रकममध्ये होमस्टे निर्माणमा एक करोड २० लाख रुपैयाँ खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ । उनले होमस्टेका सुन्दर वातावरण अनुकुल रहेको कोठामा एक दिन बस्नका लागि प्रति व्यक्ति २०० रुपैयाँ मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वाद अनुसारका खानाको व्यवस्था समेत हुने बताएका छन् ।

सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाइपालन गरेको छ भने यहाँ आउने पाहुनाका लागि ५० जनाले एकै पटक खाना खान सक्ने क्षमताको चमेनागृहसमेत निर्माण गरेको छ ।बास्मती चालमको भातसहित पाहुनाको स्वाद र रुचि अनुसारको परिकार खुवाउँछौँ”, उनि भन्छन्, “न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने हो ।कोभिड१९ का कारण गत वर्ष र यो वर्ष सहकारी भ्रमणमा आउने क्रम घटेको छ ।

अध्यक्ष चापागाईंले सहज अवस्था हुँदा वर्षमा ५० हजारभन्दा बढी कृषि तथा सहकारी क्षेत्रका अभियानकर्मी नमूना खेती अवलोकन भ्रमणका लागि आउने गरेको बताएका छन्। यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायतका होटलमा पुग्नेपर्ने बाध्यता थियो ।

अब यहीँको होमस्टेमा बसेर सहकारी एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले जानकारी दिएकी छन् । पछिल्लो समय कृषिको हबबन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् ।

त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालु आवमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पुर्याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ ।