बिर्तामोड / चर्चित पत्रकार रवि लामिछाने निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक तथा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी नेटवर्किङ व्यवसायमा संलग्न रहेको सार्वजनिक भएको छ । 

सर्वसाधारण ठगिएको नेटवर्किङ व्यवसायमा जोशी संलग्न रहेको सार्वजनिक भएको हो । नेपालमा गैरकानुनी मानिने नेटवर्किङ कारोबारमा एनआरएनएका पदाधिकारी तथा राजनीतिक दलका नेताहरू समेत संलग्न रहेको पाइएको छ ।

OM Sai Pathibhara Hospital

ग्यालेक्सी फोरके टेलिभिजनका संचालक तथा पूर्व डीआईजी जोशी नेचर हर्ब्स इन्टरनेसनल नामक नेटवर्किङ व्यवसाय गर्ने कम्पनीमा उपाध्यक्ष छन् । जोशी संलग्न रहेको कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यही असार १७ गते इजाजतपत्र दिएको थियो । जोशी भने २०७८ जेठ १४ गते नै उक्त कम्पनीको उपाध्यक्ष बनेका थिए । 

जोशीसँगै नेचर हर्ब्समा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, गितेन्द्र बहादुर राई र सरिता गुनी पनी जोडिएका छन् ।

हर्बोको नाममा सर्वसाधारणलाई ठगी गरेपछि  बन्द भएको व्यवसाय नेचर हर्ब्स नाम परिर्वतन गरी पुन संचालनमा ल्याइएको हो । नेचर हर्ब्सको धन्दा सिंगापुर, मलेसिया, हङकङ, कतार, यूएई, भारत र नेपालमा हुँदै आएको छ ।