बिर्तामोड / मूल्यवृद्धिको विषयलाई लिएर विद्यार्थी संगठन आन्दोलित भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।                                                                                                                   आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।                        213923025_173732851412635_2768972817837887817_n