टीकापुर / कैलालीको जानकी गाउँपालिकाका पशुपालक अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् ।

किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो । गाउँपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७/२०७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रम समेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ ।

OM Sai Pathibhara Hospital

पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा सहयोग पुगेको बताउँछन् ।  हामी आगामी दिनमा पनि सहयोग गर्छौं, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ, कृषिमा लागेकाले सहयोग नपाउने कुरै हुँदैन, हामी कृषि र पशुपालन गर्ने किसानलाई यहीँ स्थापित गर्न चाहन्छौँ’’, उनि भन्छन्, “कृषक आत्मनिर्भर भए मात्र गाउँपालिकाको विकास हुने भएकाले हामीले कृषिलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याएका छौँ ।गाउँपालिकाले कृषकलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन २९९ बंगुर पाठापाठी, एक लाख आठ हजार १८१ माछाका भ्रुण, पाँच वटा बोयरक्रस बोका, १२० बाख्रा, १६ वटा दाना बनाउने र घाँस काट्ने मेसिन, १४१ वटा कुखुरा वितरण गरेको पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले बताएका छन् ।

उनले कृषकको लागत घटाई उत्पानमा वृद्धि गर्न कृत्रिम गर्भाधानका कार्यक्रम, कृषकको क्षमता विकासका तालीम सञ्चालन, सुनौलो हजार दिनका ४७ आमालाई कुखुरा वितरण, च्याप्कटर वितरण लगायतका कार्यक्रम समेत सञ्चालन गरेको जानकारी दिएका छन् ।

हामीले पशुपालक कृषकको लागत घटाई उत्पादनमा वृद्धि गर्न अनुदान वितरणका कार्यक्रम गरेका हौँ”, उनि भन्छन्, “हामीले अनुदानमात्र होइन निःशुल्करुपमा कृषकलाई मौसमअनुसार घाँसको बीउ, प्राविधिक ज्ञान, औषधि वितरणजस्ता कार्यसमेत गरेका छौँ ।कार्की पालिकाले पशुतर्फ विभिन्न सहयोगका कार्यक्रम अघि सारेपछि पालिकामा पशुपालनमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको बताएका छन्।

अहिले यो पेशालाई युवाले समेत रोज्न थालेका छन् । विदेश जानु तथा भारतमा कमाउन जानुभन्दा यहीँ घर परिवारसँगै बसेर काम गर्ने रोजाइ युवाले बनाउन थालेका छन्”, कार्कीले बताउछन्, “आफ्नै ठाउँमा काम गरे पो आर्थिक प्रगति हुन्छ । पशु व्यवसायबाट पनि आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले किसानलाई सघाउन थालेका हौँ ।