आर्थिक

    Showing 3,951-3,960 of 4,335 items.
  • नयाँ बजेट : मङ्सिरभित्र पुनःनिर्माणको अनुदान वितरण गरिने

    बिर्तामोड / भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण आगामी मङ्सिरभित्र गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गरेका आर्थिक अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम मङ्सिरपछि सम्बन्धित मन्त्रालय र विभागमा जाने जानकारी दिए । विषयगत मन्त्रालयमा गएपछि सम्बन्धित विभाग कार्यालयले ती काम गर्नेछन्। भूकम्पपछिको पुनःनिर्माणको काम गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि आगामी पुस १० गते सकिँदैछ ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 124 पटक पढिएको
  • नयाँ बजेट : पर्यटन क्षेत्रलाई छुट तथा सहुलियत

    बिर्तामोड / सरकारले कोभिड –१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहितका कार्यक्रम घोषण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन विधेयमा पर्यटन क्षेत्रलाई छुट तथा सहुलियत सहित विभिन्न किसिमका पूर्वाधार निर्माण तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको हो ।पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकरसम्बन्धी विशेष छुट सहुलियत दिइने जनाइएको छ । नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 119 पटक पढिएको
  • सरकारले ल्यायो नयाँ बजेट (पूर्णपाठ सहित)

    बिर्तामोड / सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‍मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका लाग १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट पेस गरेका हुन्।केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्दै अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले १४ अर्ब ७४ करोडले घटाए बजेट ल्याएका हुन् । यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।सरकार परिवर्तनपछि उक्त बजेट प्रतिस्थापन गर्न सरकारले आज प्रतिस्थापन विधेयक संसद्‍मा प्रस्तुत गरेको हो।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 242 पटक पढिएको
  • अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८/७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।उक्त विधेयकमा  बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।  प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उनले उक

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 203 पटक पढिएको
  • नाराबाजीकाबीच आर्थिक अध्यादेश पारित

    बिर्तामोड / प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकाबीच आर्थिक वर्ष २०७८ को आर्थिक अध्यादेश पारित भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरु भएको छ । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरुले गरिरहेको अवरोधबीच  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । आज संसद्मा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठ

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 146 पटक पढिएको
  • राजश्वको छापा : शसस्त्र र जनपथ प्रहरीको घेरामा तस्करको गोदाम

    इटहरी / सिमा क्षेत्रमा तस्करी बढेको सूचना पाएर सुनसरीको लौकही बजार पुगेको राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले अवैध रुपमा भारतबाट ल्याएको खाद्य सामाग्री भण्डार गरेको पसलमा छामा मारेको हो ।राजश्वको अनुसन्धानको बजार क्षेत्रमा नै भारतबाट अवैध रुपमा सामाग्री ल्याएर भण्डारण गरिएको पाइएको निशा किराना पसललाई सिल समेत गरेको छ ।राजश्व अनुसन्धान कार्यालय इटहरीले लौकही क्षेत्रमा छापा मार्ने क्रममा ठुलो परिमाणमा चिनी सहितका खाद्य सामाग्री बरामद भएको जनाएको छ ।शंकर साह सञ्चालक रहेको पसलमा भारतबाट भन्सार छली गरी भित्राइएको ७८ बोरा चिनी सहित तेल र बिस्कुट लगायतका सामाग्री बरामद भएको राजश्व कार्यालयका अनु

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 236 पटक पढिएको
  • एमसीसी : उपाध्यक्षसहितको टोली आईपुग्यो , प्रधानमन्त्री , अर्थमन्त्री र विपक्षी दलका नेतालाई भेट्दै

    काठमाडौं / अमेरिकी सरकारको स्वामित्वमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० की उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।एमसीसीकी उपाध्यक्षसहितको टोली बिहीबार बिहान ९ बजेर २५ मिनेट जाँदा कतार एयरवेजबाट काठमाडौं आएको हो । गृह मन्त्रालयले उपाध्यक्ष सुमारको भ्रमणलाई लक्षित गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र विपक्षि दलका नेता केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम रहेको

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 124 पटक पढिएको
  • ९ वटा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा

    बिर्तामोड / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्बन्धित सार्वजनिक निकायको सिफारिसमा अनुगमन कार्यालयले ती कम्पनीहरूलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको हो । कालोसूचीमा पर्ने कम्पनीहरूमा लर्ड शिवा जेनरल सप्लायर्स जनकपुरधाम, जीके रेहान एण्ड सुन्दरा जेभी पञ्चकन्या नुवाकोट, नेपालय आर्किटेड एण्ड बिल्डर्स प्रालि काठमाडौं, नुरानी कन्स्ट्रक्सन इनरुवा, फ्रेन्डस् अर्बिट कन्स्ट्रक्सन सर्भिसेस कन्काई, जलदेवी निर्माण सेवा नुवाकोट, भंगेरी

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 206 पटक पढिएको
  • सुनको मूल्यमा गिरावट, आजको भाउ कति छ ?

    बिर्तामोड / आज नेपाली बजारमा सुनको मूल्य तोलाको सात सय रुपैयाँले घटेको छ । मङ्गलवारको तुलनामा आज प्रतितोला सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला  ९१ हजार ४०० र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 214 पटक पढिएको
  • दुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर

    बिर्तामोड / नेपाली बजारमा दुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजो कै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ । चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.