बिर्तामोड / आज नेपाली बजारमा सुनको मूल्य तोलाको सात सय रुपैयाँले घटेको छ । मङ्गलवारको तुलनामा आज प्रतितोला सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला  ९१ हजार ४०० र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । 

OM Sai Pathibhara Hospital

आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।