बिर्तामोड / सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‍मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका लाग १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट पेस गरेका हुन्।

केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्दै अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले १४ अर्ब ७४ करोडले घटाए बजेट ल्याएका हुन् ।

OM Sai Pathibhara Hospital

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

सरकार परिवर्तनपछि उक्त बजेट प्रतिस्थापन गर्न सरकारले आज प्रतिस्थापन विधेयक संसद्‍मा प्रस्तुत गरेको हो।