बिर्तामोड / प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकाबीच आर्थिक वर्ष २०७८ को आर्थिक अध्यादेश पारित भएको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

OM Sai Pathibhara Hospital

बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरु भएको छ । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरुले गरिरहेको अवरोधबीच  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाएका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । 

आज संसद्मा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश हुँदैछ ।