इटहरी / सिमा क्षेत्रमा तस्करी बढेको सूचना पाएर सुनसरीको लौकही बजार पुगेको राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले अवैध रुपमा भारतबाट ल्याएको खाद्य सामाग्री भण्डार गरेको पसलमा छामा मारेको हो ।

राजश्वको अनुसन्धानको बजार क्षेत्रमा नै भारतबाट अवैध रुपमा सामाग्री ल्याएर भण्डारण गरिएको पाइएको निशा किराना पसललाई सिल समेत गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय इटहरीले लौकही क्षेत्रमा छापा मार्ने क्रममा ठुलो परिमाणमा चिनी सहितका खाद्य सामाग्री बरामद भएको जनाएको छ ।

शंकर साह सञ्चालक रहेको पसलमा भारतबाट भन्सार छली गरी भित्राइएको ७८ बोरा चिनी सहित तेल र बिस्कुट लगायतका सामाग्री बरामद भएको राजश्व कार्यालयका अनुसन्धान अधिकृत दिपक खड्काले जानकारी गराएका छन्  ।

लौकहीमा नै तस्करी नियन्त्रणका लागि शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय नजिकको क्षेत्रबाट ठुलो परिमाणमा अवैध रुपमा भित्रिएको खाद्य सामाग्री बरामद भएपछि सुरक्षा निकायको समेत सहयोगमा तस्करी हुने गरेको खुलेको छ ।