बिर्तामोड / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्बन्धित सार्वजनिक निकायको सिफारिसमा अनुगमन कार्यालयले ती कम्पनीहरूलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको हो । 

OM Sai Pathibhara Hospital

कालोसूचीमा पर्ने कम्पनीहरूमा लर्ड शिवा जेनरल सप्लायर्स जनकपुरधाम, जीके रेहान एण्ड सुन्दरा जेभी पञ्चकन्या नुवाकोट, नेपालय आर्किटेड एण्ड बिल्डर्स प्रालि काठमाडौं, नुरानी कन्स्ट्रक्सन इनरुवा, फ्रेन्डस् अर्बिट कन्स्ट्रक्सन सर्भिसेस कन्काई, जलदेवी निर्माण सेवा नुवाकोट, भंगेरी निर्माण सेवा सोलुखुम्बु, न्यू बेलासपुर कन्स्ट्रक्सन दैलेख र साथीभाइ निर्माण सेवा ललितपुर रहेका छन् ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै यी कम्पनीहरूलाई कालोसूचीमा राख्दै १ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने गरी कालोसूचीमा राखेको जानकारी गराएको छ ।