आर्थिक

    Showing 3,891-3,900 of 4,335 items.
  • ठगी अभियोगमा सिभिल बैंककाका अध्यक्ष इच्छाराज तामाङ सहित १२ जना पक्राउ

    काठमाडौँ / सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ४६ करोड रुपैयाँ भन्दा वढी ठगी गरेको अभियोगमा सीआइबीमा २८ जनाविरुद्ध किटानी उजुरी परेपछि तामाङसहित १२ जनालाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरू विरुद्ध ७० जना निक्षेपकर्ताले आइतबार ४६ करोड भन्दा बढी ठगी गरेको भन्दै रुपैयाँ  सीआइबीमा उजुरी गरेका थिए ।उक्त उजुरीका आधारमा अध्यक्ष तामाङसहित सञ्चालकहरू केशवलाल श्रेष्ठ र विजय विक्रम शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 282 पटक पढिएको
  • संसारका धनी र शक्तिशाली व्यक्तिको गोप्य 'डिल' र लुकाइएको सम्पत्तिको खुलासा

    एजेन्सी  / संसारका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको गोप्य 'डिल' र लुकाइएको सम्पत्तिको हालसम्मकै ठूलो अफशोर डेटाको खुलासा भएको छ। पान्डोरा पेपर्स नाम दिइएको यस खुलासामा धनी क्लाइन्टहरूले पानामा, दुबई, मोनाको, स्वीट्जरल्याण्ड र केयम्यान टापु जस्ता ट्याक्स हेभन मुलुकमा अफशोर संरचना र ट्रस्ट बनाउनका लागि नियुक्त गरेका १४ वटा कम्पनीबाट एक करोडभन्दा बढी रेकर्ड प्राप्त भएको छ। २.९४ टेराबाइट डेटाले २ सयभन्दा बढी क्षेत्र तथा देशका सेना प्रमुख, नेता, प्रधानमन्त्री, राष्ट्रपति तथा पूर्व विशिष्ट पदाधिकारीहरूको गोप्य अफशोर गतिविधिको खुलासा गरेको छ। यसले ९० देशका ३ सयभन्दा बढी मन्त्री, न

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 129 पटक पढिएको
  • अवैध कारोबार : मुलुक डुबाउँदै अजयराज सुमार्गी

    विवादास्पद व्यापारी एवं थाहा खबर मिडिया प्रालिका लगानीकर्ता समेत रहेको अजयराज सुमार्गीले पनि ट्याक्स हेभन मुलुकबाट वैदेशिक लगानीका नाममा शंकास्पद पैसा नेपाल भित्राउने गरेका छन्  । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी  सार्वजनिक भएपछि यो विषयमा विवादास्पद छविका सुमार्गी पनि मुछिएका हुन् ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर सुमार्गीले अवैध रुपमा आफ्ना नाममा रहेको पैसा नेपाल ल्याउने गरेको खुलेको हो । अन्तराष्ट्रिय

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 140 पटक पढिएको
  • कालोधनमा श्रीएयरको कारोवार

    निजी क्षेत्रबाट सञ्चालित श्री एअर लाईन्समा पनि ट्याक्स हेभन मुलुकबाट भित्राएको लगानी रहेको खुलेको छ । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी  सार्वजनिक भएपछि स्वदेशी ठुलो विमान कम्पनी समेत यो विषयमा मुछिएको हो ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर श्रीएयरका संचालक सुधीर मित्तलले वैदेशीक लगानीका नाममा नेपालमा पैसा ल्याएर अवैध कारोबार गर्ने गरेको खुलेको छ । अन्तराष्ट्रिय पत्रकारहरुको संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 211 पटक पढिएको
  • अवैध धन्दा गरेर मुलुक डुबाउँदै गोल्छा परिवार

    खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’ले सार्वजनिक गरेको हेभन मुलुकमा कारोबार देखाएर मुलुककै अर्थतन्त्र टाँट पल्टाउने नेपालीको सुचीमा ठुलो औधोगिक घराना गोल्छा अर्गनाईजेसन समेत रहेको खुलेको छ ।आईसीआईजेले ‘प्यान्डोरा पेपर्स’ का नाममा सार्वजनिक गरेको खोजमा गोल्छा परिवारका पाँच सदस्यले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिश भर्जिन आइल्याण्डमा आफ्नै नाममा कम्पनी खोलेर सोही कम्पनीबाट वैदेशिक लगानीका नाममा अवैध रुपमा कमाएको पैसा मुलुक भित्राउने गरेको खुलेको हो ।गोल्छा परिवारका लोकमान्य गोल्छा

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 151 पटक पढिएको
  • कालोधन : राजनीतिक दल र नेताको संरक्षणमा छायाँ अर्थतन्त्र

    अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संस्था  ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत सार्वजनिक गरेको छ ।विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ अर्थात (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भनेर सार्वजनिक भएको छ ।अवैध आर्जन गरेको पैसा लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने यो डरलाग्दो खे

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 131 पटक पढिएको
  • कालो धन : नेता र उद्योगीको ट्याक्स हेभन मुलुकमा लगानी

    बिर्तामोड / गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानीगरेको सार्वजनिक भएपछि नेपालको राजनिती नै तरंगित बनेको छ । पत्रकारहरूको अन्तराष्ट्रिय संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर सार्वजनिक गरेका तथ्याङ्कमा कालोधन विदेश लगेर कारोबार गर्नेको सुचीमा चर्चित उद्योगी एवं कांग्रेस नेता विनोद चौधरी सहित १६ नेपाली रहेको खुलेको हो ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 113 पटक पढिएको
  • राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

    काठमाडौँ  / नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो । सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको शेयर हत्याएको आरोप लागेको छ । बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 121 पटक पढिएको
  • नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

    रामु सापकोटा मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।मलेशियाको सबैभन्दा ठूलो सर्जिकल पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो ।सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई रु. १ लाख २० हजार बुझाएर रोजगारीका लागि मलेशिया गएका थिए । त्यहाँ उनले टप ग्लोभ कम्पनीमा काम शुरू गरे । तर कम्पनीले मलेशियाली सरकारले तोके अनुसारको तलब र अतिरिक्त समय काम गरेको थप रकम दिएन ।

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 139 पटक पढिएको
  • ३५ वर्षका किशोर अर्बका मालिक : सुनखानीदेखि रियल स्टेटसम्म शङ्कास्पद लगानी

    काठमाडौँ / नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शङ्कास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ।प्यान्डोरा लिक्समा समावेश विवरण अनुसार सन् २०१७ मा थाइल्यान्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन्।उनले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास गरेका थिए। सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रस्टका कर्मचारीहरूले एक आपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो।तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ ज

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.