काठमाडौँ / सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 

४६ करोड रुपैयाँ भन्दा वढी ठगी गरेको अभियोगमा सीआइबीमा २८ जनाविरुद्ध किटानी उजुरी परेपछि तामाङसहित १२ जनालाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

OM Sai Pathibhara Hospital

उनीहरू विरुद्ध ७० जना निक्षेपकर्ताले आइतबार ४६ करोड भन्दा बढी ठगी गरेको भन्दै रुपैयाँ  सीआइबीमा उजुरी गरेका थिए ।

उक्त उजुरीका आधारमा अध्यक्ष तामाङसहित सञ्चालकहरू केशवलाल श्रेष्ठ र विजय विक्रम शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।