निजी क्षेत्रबाट सञ्चालित श्री एअर लाईन्समा पनि ट्याक्स हेभन मुलुकबाट भित्राएको लगानी रहेको खुलेको छ । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी  सार्वजनिक भएपछि स्वदेशी ठुलो विमान कम्पनी समेत यो विषयमा मुछिएको हो ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर श्रीएयरका संचालक सुधीर मित्तलले वैदेशीक लगानीका नाममा नेपालमा पैसा ल्याएर अवैध कारोबार गर्ने गरेको खुलेको छ । अन्तराष्ट्रिय पत्रकारहरुको संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर सार्वजनिक भएको तथ्याङमा मित्तल समेत समेटिएका छन् ।

श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलले ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको सार्वजनिक भएको हो ।