बिर्तामोड / गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानीगरेको सार्वजनिक भएपछि नेपालको राजनिती नै तरंगित बनेको छ । पत्रकारहरूको अन्तराष्ट्रिय संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर सार्वजनिक गरेका तथ्याङ्कमा कालोधन विदेश लगेर कारोबार गर्नेको सुचीमा चर्चित उद्योगी एवं कांग्रेस नेता विनोद चौधरी सहित १६ नेपाली रहेको खुलेको हो ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा उद्योगी चौधरी सहित १६ नेपाली रहेको खुलेपछि नेपालको राजनिती नै तरंगित बनेको छ । सत्तारुढ प्रमुख दल प्रधानमन्त्री समेत रहेका कांग्रेका नेता समेत रहेका उद्योगीको नाम पनि कालोधन लुकाउनेको सुचीमा रहेको खुलेपछि यो विषयले देशको राजनीतिलाई समेत तरङ्गीत बनाएको छ ।

 ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासामा नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू सहित अन्य १४ नेपाली रहेको खुलेको छ ।