विवादास्पद व्यापारी एवं थाहा खबर मिडिया प्रालिका लगानीकर्ता समेत रहेको अजयराज सुमार्गीले पनि ट्याक्स हेभन मुलुकबाट वैदेशिक लगानीका नाममा शंकास्पद पैसा नेपाल भित्राउने गरेका छन्  ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी  सार्वजनिक भएपछि यो विषयमा विवादास्पद छविका सुमार्गी पनि मुछिएका हुन् ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर सुमार्गीले अवैध रुपमा आफ्ना नाममा रहेको पैसा नेपाल ल्याउने गरेको खुलेको हो । अन्तराष्ट्रिय पत्रकारहरूको संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर सार्वजनिक भएको तथ्याङ्कमा सुमार्गी र उनका नातेदार अर्जुन शर्मा पनि मुछिएका छन् ।