आर्थिक

    Showing 3,881-3,890 of 4,335 items.
  • कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

    बनेपा / काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक रु ५० हजारका दरले १८ जनाको परिवारलाई नगद रकम सहयोग प्रदान गरेको हो ।नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए ।कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा सङ्क्रमण भएर मृत्यु भएका चार र दोस्रो लहरको सङ्क्रमणमा परी म

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 117 पटक पढिएको
  • चीनबाट आयात भएका सामग्रीको परीक्षण तीव्र

    रसुवागढी / नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परीक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादशैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवम् धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्म

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 156 पटक पढिएको
  • सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

    काठमाडौँ / हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।  लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 118 पटक पढिएको
  • झापामा एकै पटक ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन

    बिर्तामोड / झापामा पाँच जना युवाले एक साथ आजबाट जिल्लाको ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रा. ली मार्फत उनीहरूले माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् । आज (बिहीबार) ११ वटै केन्द्रको उद्घाटन एकमुष्ठ बिर्ताबजार बिक्री केन्द्रमा गरिएको छ । केन्द्रको उद््घाटन उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले गरेका छन् । गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका भित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्य

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 153 पटक पढिएको
  • नेपालको आर्थिक वृद्धि ३.९% हुने विश्व बैंकको प्रक्षेपण

     काठमाडौं / विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।बैंकले  प्रतिवेदन सार्वजनिक गर्दै नेपालको चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण पनि गरेको छ। बैंकले बिहीवार ‘साउथ एशिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत आर्थिक वर्षको भन्दा १ दशमलव ८ प्रतिशतले यो वर्ष आर्थिक विस्तार हुने पनि बताएको छ ।बैंकले गत वर्ष १दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले विस्तार हुने अनुमान पनि विश्व बैंकको छ । आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारील

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 127 पटक पढिएको
  • आज सुनचाँदीको भाउ बढ्यो

    बिर्तामोड / बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 132 पटक पढिएको
  • बागमती प्रदेश सरकारले बढायो गाडी भाडा, कति बढ्यो ?

    काठमाडौँ / बागमती प्रदेश सरकारले सार्वजनिक गाडी भाडा बढाएको छ । प्रदेश सरकारले कात्तिक १ गते देखि लागू हुने गरि २३ प्रतिशतले गाडी भाडा बढाएको हो । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।संघीय सरकारले भाडा समायोजन गरिसकेको र व्यवसायीले पनि दबाब दिन थालेपछि प्रदेश सरकारले सार्वजनीक भाडा बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव अशोक कुमार शाहले जानकारी दिए । यस्तो छ गाडी भाडा वृद्धि दर: 

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 138 पटक पढिएको
  • निजी क्षेत्रका तीन संगठनद्धारा एमसीसी तत्काल पारित गर्न आग्रह

    बिर्तामोड / निजी क्षेत्रका तीन वटा सङ्गठनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । तर, संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएकाले द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन् । सम्झौता अनुसार विद्युत् प्रस

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 125 पटक पढिएको
  • चार सयले घट्यो सुनको मूल्य

    काठमाडौँ /  नेपाली बजारमा सुनको मूल्य आज चार सयले घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजाबी सुनको मूल्य ८९ हजार ४५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 126 पटक पढिएको
  • सुनको भाउ ५०० रुपैयाँले बृद्धि

    बिर्तामोड / मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो । गत सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.