काठमाडौं / विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

बैंकले  प्रतिवेदन सार्वजनिक गर्दै नेपालको चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण पनि गरेको छ। बैंकले बिहीवार ‘साउथ एशिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत आर्थिक वर्षको भन्दा १ दशमलव ८ प्रतिशतले यो वर्ष आर्थिक विस्तार हुने पनि बताएको छ ।

OM Sai Pathibhara Hospital

बैंकले गत वर्ष १दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले विस्तार हुने अनुमान पनि विश्व बैंकको छ । आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीले गर्दा आर्थिक वृद्धि २ दशमलव १ प्रतिशतले ऋणात्मक भएको थियो । 

साथै उसले कोरोना विरुद्धको खोपले व्यापकता पाएको र विस्तारै आर्थिक गतिविधि बढ्न थालेकाले चालू आर्थिक वर्षमा सो लक्ष्य हासिल हुने अनुमान पनि गरेको छ ।यस्तै सङ्कटमा पर्यटन क्षेत्र विस्तारै खुल्न थालेको र विदेशबाट प्राप्त हुने रेमिट्यान्स आप्रवाह पनि बढ्ने आधारमा यो लक्ष्य प्रक्षेपण गरेको  इकोनोमिक फोकसमा उल्लेख छ ।

यो वर्ष थप १ दशमलव ८ प्रतिशत अर्थतन्त्र विस्तार हुने अनुमान छ । यद्यपि कोरोना जोखिम भने कायमै रहेको पनि प्रतिवेदनमा उल्लेख छ । सरकारले भने चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशत आर्थिक विस्तारको लक्ष्य लिएको छ ।

साथै उसले यो वर्ष समग्र दक्षिण एशियाली मुलुकले आर्थिक वृद्धिदरमा फड्को मार्ने प्रक्षेपण पनि गरेको छ । यसमा सबैभन्दा ठूलो योगदान पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको रहने छ ।

दक्षिण एशियाको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत रहने छ । यसमा सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ भने भारतको ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर  रहने छ । सबैभन्दा कम श्रीलङ्काको २ दशमलव १ प्रतिशत मात्र रहने छ ।