काठमाडौँ /  नेपाली बजारमा सुनको मूल्य आज चार सयले घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजाबी सुनको मूल्य ८९ हजार ४५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासङ्घले जनाएको छ ।