बिर्तामोड / झापामा पाँच जना युवाले एक साथ आजबाट जिल्लाको ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रा. ली मार्फत उनीहरूले माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् । 

आज (बिहीबार) ११ वटै केन्द्रको उद्घाटन एकमुष्ठ बिर्ताबजार बिक्री केन्द्रमा गरिएको छ । केन्द्रको उद््घाटन उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले गरेका छन् । 

OM Sai Pathibhara Hospital

गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका भित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।

उपभोक्ताको गुनासो तथा जिल्लाका माछा पालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्नेगरी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए ।