आर्थिक

    Showing 3,791-3,800 of 4,335 items.
  • साताको पहिलो दिन नेप्सेमा ११ अंकको गिरावट

    काठमाडौं / सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन नै ११ अंकको गिरावट आएको छ । गत साता ८० अंकले वृद्धि हुँदै २७ सय ६९ विन्दुमा उक्लिएको नेप्सेमा यस साताको पहिलो दिन अर्थात् आइतबार पुनः ११ अंकमाथिको गिरावट आएको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । यस्तै यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ७५ अंकले घट्दै ५१८ दशमलव २५ विन्दुमा झरेको छ । यस दिन हाइड्रोपावर र म्यानु एण्ड प्रो बाहेक सबै उपसमूहहरु ऋणात्मक भएका हुँदा जम्मा ४ अर्ब ३५ करोड ७३ करोडको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 116 पटक पढिएको
  • सहकारी संस्थाहरूलाई सन्दर्भ ब्याजदरभन्दा बढी नलिन निर्देशन

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी संस्थाहरूलाई सन्दर्भ ब्याजदरभन्दा बढी नलिन निर्देशन दिएका छन् । सहकारी संस्थाप्रति जनगुनासो बढ्दै गएको चर्चा गर्दै मन्त्री श्रेष्ठले भने, “सहकारीका आधारभूत सिद्धान्त आत्मसाथ गरी संस्थागत सुधारको पहल गरिनुपर्छ । ”शुक्रबार आयोजित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३०औँ साधारण सभामा सहकारी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउन ‘भिजन पेपेर’ ल्याउन लागिएको जानकारी दिए ।नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 125 पटक पढिएको
  • एमसीसी सम्झौता : कार्यान्वयन गर्न बढ्यो अमेरिकी दवाव

    बिर्तामोड / विवादास्पद सम्झौता एमसीसी कार्यान्वयनका लागि अमेरिकाले नेपालमाथि दवाव बढाएको छ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले स्वीकार गर्ने अथवा नगर्ने भनेर आगामी मंसिर २८ गतेसम्म निर्णय गर्न भनेपछि अमेरिकाले दवाव बढाएको खुलेको हो ।मंसिर २८ भित्र एमसीसी कार्यान्वयन गर्ने निर्णय नेपालले नगरे परियोजना फिर्ता लाने उनले नेपालका नेताहरुसँगको भेटमा चेतावनी समेत दिएका छन् ।  सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबार भएको भेटमा सहायक विदेशमन्त्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 126 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबारका लागि तेजाबी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 119 पटक पढिएको
  • पत्रकार ढकालद्वारा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

    बिर्तामोड  / झापाका पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोषमा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन् ।आफ्नो जन्मोत्सवको उपलक्ष्यमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गरे ।नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस सङ्गठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले रकम हस्तान्तरण गरेका थिए ।पत्रक

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 131 पटक पढिएको
  • १६ लाख भन्दा बढीको भारतीय चिनी बरामद

    सुनसरी / सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ । गत मंसिर १ गते इनरुवा नगरपालिका –९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल तर्फ भन्सार छली प्र १–०२– च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो । यसै गरी गढी गाउँपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साइकलमा सवार मानिसहरूले बरामद २ वोरा सुर्ति र ६ बोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाइकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 131 पटक पढिएको
  • आज सेयर परिसुचक ३२.३९ अंकले घट्यो

    झापा / साताको अन्तिम दिन आज (बिहीबार) सेयर परिसुचक ३२.३९ अंकले बजार घटेको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७६९.१३  बिन्दूमा आएको छ । बुधबार नेप्से २८०० बिन्दू नाघेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ४.२५ अङ्क अर्थात् ०.८१ प्रतिशतले घटेको छ । बिहीबार २ सय २४ कम्पनीका सेयर ७० हजार ३७ पटक कारोबार भएको छ ।आज ६ अर्ब २७ करोड १८ लाख ६७ हजार तीन सय ३० रुपैयाँ बराबरको ९८ लाख ६२ हजार ९ सय ४० सेयर कारोबार भएको छ ।बिहिबारको कारोबारमा मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागको छ । आजको कारोबार

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 111 पटक पढिएको
  • जगदम्बा, मारुती र युनाइटेड सिमेन्ट बिक्री वितरणमा रोक

    काठमाडौं / गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्टसहित पाँच कम्पनीलाई बिक्री वितरणमा रोक लगाएको छ । नापतौल विभागले जगदम्बा, मारुती र युनाइटेड सिमेन्टको परीक्षण गर्ने क्रममा कम गुणस्तर पाएकाले बिक्री वितरणमा रोक लगाएको हो । विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नपाएको उल्लेख गरेको छ ।विभागले प्रकाशन गरेको विज्ञप्ति अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 393 पटक पढिएको
  • आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

    बझाङ / बझाङमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । उनले भने, “सरकारले गहुँ खेतीभन्दा आलु लागाउन आदेश दिएको छ, गहुँभन्दा आलु बढी

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 120 पटक पढिएको
  • अब गुणस्तरहिन बिउ बेच्नेलाई कारवाही हुने

      काठमाण्डौ//डिवाई–२८ जातको  धानमा बाला नलागेपछि त्यसका किसानले क्षतिपूर्ति पाउने भएका छन् ।  चिनियाँ धान (डिवाई–२८) जातको धानको बिउ सिफारिस नगरेको क्षेत्रका किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए । काठमाण्डौ, भक्तपुर, ललितपुरमा लगाइएको उक्त धानमा बाला नलागेपछि बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने सहमति भएको छ। धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, किसान आयोगबीच आज बुधवार भएको छलफलपछि बिउ आयात तथा वितरण गर्ने

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.