काठमाडौं / सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन नै ११ अंकको गिरावट आएको छ । 

गत साता ८० अंकले वृद्धि हुँदै २७ सय ६९ विन्दुमा उक्लिएको नेप्सेमा यस साताको पहिलो दिन अर्थात् आइतबार पुनः ११ अंकमाथिको गिरावट आएको हो ।

OM Sai Pathibhara Hospital

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । यस्तै यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ७५ अंकले घट्दै ५१८ दशमलव २५ विन्दुमा झरेको छ । 

यस दिन हाइड्रोपावर र म्यानु एण्ड प्रो बाहेक सबै उपसमूहहरु ऋणात्मक भएका हुँदा जम्मा ४ अर्ब ३५ करोड ७३ करोडको कारोबार भएको छ । 

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र मानुसी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरूले ४.२१ प्रतिशतले गुमाएका छन् ।