झापा / नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।
बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबारका लागि तेजाबी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।