झापा / साताको अन्तिम दिन आज (बिहीबार) सेयर परिसुचक ३२.३९ अंकले बजार घटेको छ ।

सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७६९.१३  बिन्दूमा आएको छ । बुधबार नेप्से २८०० बिन्दू नाघेको थियो । 

OM Sai Pathibhara Hospital

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ४.२५ अङ्क अर्थात् ०.८१ प्रतिशतले घटेको छ । बिहीबार २ सय २४ कम्पनीका सेयर ७० हजार ३७ पटक कारोबार भएको छ ।

आज ६ अर्ब २७ करोड १८ लाख ६७ हजार तीन सय ३० रुपैयाँ बराबरको ९८ लाख ६२ हजार ९ सय ४० सेयर कारोबार भएको छ ।

बिहिबारको कारोबारमा मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागको छ । आजको कारोबारमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको सेयर मूल्य घटेको छ ।