बिर्तामोड  / झापाका पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोषमा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो जन्मोत्सवको उपलक्ष्यमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गरे ।

OM Sai Pathibhara Hospital

नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस सङ्गठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले रकम हस्तान्तरण गरेका थिए ।

पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने बताए ।

सञ्चारकर्मीसंगै अन्य दाताहरुले समेत कोषमा रकम जम्मा गर्दै आएका छन् । अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट पत्रकारहरू घाइते वा बिरामी भएमा उपचार खर्च दिइदै आएको छ ।

पत्रकार महासंघ झापाले कोषको रकम वृद्धिका निमित्त सम्वद्ध सञ्चारकर्मी र लब्धप्रतिष्ठित व्यक्तिहरूमा विशेष आग्रह समेत गरेको छ ।