सुनसरी / सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ ।
गत मंसिर १ गते इनरुवा नगरपालिका –९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल तर्फ भन्सार छली प्र १–०२– च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।

यसै गरी गढी गाउँपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साइकलमा सवार मानिसहरूले बरामद २ वोरा सुर्ति र ६ बोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाइकल र सामान छोडी भागेका थिए ।
बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।