आर्थिक

    Showing 3,391-3,400 of 4,331 items.
  • आयोगबाट सिफारिस नभएका आयोजनाहरूमा बजेट विनियोजन नहुने

    झापा  / सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूमा बजेट विनियोजन नगर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने बताएकी हुन् ।भण्डारीले सार्वजनिक खरिद सम्बन्धी कानूनलाई पनि सुधार गर्ने, तीनै तहको बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गर्ने तथा विद्यमान कर प्रणालीलाई पुनरावलोकन गरी पारदर्शी र व्यवसायमैत्री बताएकी छिन् । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 101 पटक पढिएको
  • नीति तथा कार्यक्रम : पूर्वपश्चिम राजमार्गलाई ५ वर्ष भित्रमा ४ लेनको रुपमा स्तरोन्नति गर्ने

    काठमाडौं / सरकारले आगामी ५ वर्षभित्रमा पूर्वपश्चिम राजमार्गलाई एसियन हाइवेका रुपमा स्तरोन्नति गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गलाई ५ वर्ष भित्रमा ४ लेनको एसियन हाइवेका रुपमा स्तरोन्नति गर्ने बताएकी छिन् । सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति अन्तर्गत सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखिएको जनाएको छ ।त्यस्तै , तराईमधेस द्रुत मार्ग (फास्ट ट्र्याक) तोकिएको समयमा नै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने समेत सरकारको नीति तथा का

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 196 पटक पढिएको
  • सरकारको नीति तथा कार्यक्रम : गुणस्तरीय बीउ विकासमा आत्मनिर्भर हुने

    काठमाडौं / सरकारले गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि आत्मनिर्भर बन्ने नीति लिएको घोषणा गरेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउन कार्यक्रम ल्याउने बताएका छन् ।सरकारले जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरी वातावरण अनुकूलन मैत्री स्थानीय बीउ बिजनको अनुसन्धान र विकासमा जोड दिने भएको छ । नीति तथा कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 93 पटक पढिएको
  • घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने

    झापा / सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने बताएकी हुन् ।राष्ट्रपति भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।सरकारले आगामी आर्थिक वर्षदेखि न

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 109 पटक पढिएको
  • नीति तथा कार्यक्रम : ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति देखि नेपाली उत्पादनको अभिवृद्धिसम्म

    काठमाडौं / सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ताप्लेजुङदेखि दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने बताएकी हुन् । त्यस्तै , सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । ‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ अभियान शुरु गर्ने सरकारको नीति तथा कार्

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 98 पटक पढिएको
  • वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

    झापा / सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् ।हालसम्म सरकारले जग्गाको न्यूनतम मूल्यांकन गर्ने काम गरिरहेको थियो । सरकारले तोकेको जग्गाको न्यूनतम मूल्याङ्कनमा रही तोकिएको मूल्यभन्दा तल नगई खरिदकर्ता र बिक्रीकर्ता जग्गाको मूल्यांकन गरिरहेको छ ।अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने समेत बत

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 173 पटक पढिएको
  • नीति तथा कार्यक्रम : २ वर्षभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने

    काठमाडौँ / सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सांसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समान गर्ने बताएकी हुन् ।सरकारले राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।जग्गा नापजाँच गर्न छुट भएका जग्गाको जग्गाधनी पुर्जा उपलब्ध गराउने, भू–उपयोग नीति र कानुन अनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू–उपयोग योजना तयार गरिने पनि सरकारले घोषणा गरेको

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 103 पटक पढिएको
  • नीति तथा कार्यक्रम : मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने

    काठमाडौं / सरकारले निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसद् र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । ‘स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 93 पटक पढिएको
  • इन्धनको मूल्य वृद्धिमाथि छलफल माग गर्दै संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

    काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धि माथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा एमालेका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य खरिद मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान छ । तर, उक्त प्रावधान

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 114 पटक पढिएको
  • आजदेखि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ खुल्यो

    काठमाडौं / अपर हेवाखोला हाइड्रोपावरको आजदेखि प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका संखुवासभाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।कम्पनीको आइपीओमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा आवेदन दिन सकिने छ ।लगानीकर्ताले प्रभु बैंक, सिद्धार्थ बैंक खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइ

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.