काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धि माथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । 

यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा एमालेका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।

OM Sai Pathibhara Hospital

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य खरिद मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान छ । 

तर, उक्त प्रावधान विरुद्ध गएर नेपाल आयल निगमले पछिल्लो समय हप्तादिन मित्रै दुई पटक वृद्धि गरिएको भन्दै त्यो फिर्ताको माग उनीहरूले राखेका छन् ।

इन्धनको मूल्य वृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । इन्धनमा भारी मूल्यवृद्धि गरिएपछि चर्को आलोचना भइरहेको छ ।