काठमाडौं / सरकारले आगामी ५ वर्षभित्रमा पूर्वपश्चिम राजमार्गलाई एसियन हाइवेका रुपमा स्तरोन्नति गर्ने घोषणा गरेको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गलाई ५ वर्ष भित्रमा ४ लेनको एसियन हाइवेका रुपमा स्तरोन्नति गर्ने बताएकी छिन् । 

OM Sai Pathibhara Hospital

सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति अन्तर्गत सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

त्यस्तै , तराईमधेस द्रुत मार्ग (फास्ट ट्र्याक) तोकिएको समयमा नै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने समेत सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

त्यसैगरी , राष्ट्रिय राजमार्गअन्तर्गत तराई–मधेसका जिल्लासँग जोडने सडकलाई चार लेनमा स्तरोन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सप्तरी हुँदै उदयपुरको गाइघाट सम्मको सडक निर्माणलाई विशेष प्राथमिकतामा राखिने पनि उल्लेख गरिएको छ ।