काठमाडौं / सरकारले निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसद् र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । 

‘स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।