काठमाडौं / सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने घोषणा गरेको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ताप्लेजुङदेखि दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने बताएकी हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ अभियान शुरु गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि गर्न गरिएको उद्योगका लागि कर र भन्सार छुट साथै निर्यात अनुदानमार्फत रणनीति प्रवर्द्धन गरिने समेत घोषणा गरिएको छ । 

प्रतिस्पर्धी सीप विकास, साझा भौतिक पूर्वाधार विकास र नवीन प्रविधिमा पहुँच विस्तार गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।