काठमाडौं / अपर हेवाखोला हाइड्रोपावरको आजदेखि प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका संखुवासभाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।

OM Sai Pathibhara Hospital

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा आवेदन दिन सकिने छ ।

लगानीकर्ताले प्रभु बैंक, सिद्धार्थ बैंक खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

साथै नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।