झापा / सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् ।

OM Sai Pathibhara Hospital

हालसम्म सरकारले जग्गाको न्यूनतम मूल्यांकन गर्ने काम गरिरहेको थियो । सरकारले तोकेको जग्गाको न्यूनतम मूल्याङ्कनमा रही तोकिएको मूल्यभन्दा तल नगई खरिदकर्ता र बिक्रीकर्ता जग्गाको मूल्यांकन गरिरहेको छ ।

अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने समेत बताइन् । मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताइन् ।