आर्थिक

    Showing 3,371-3,380 of 4,331 items.
  • आर्थिकसहित चार विधेयकको मुद्रण विभागमा छपाइ सुरु

    काठमाडौं / अर्थ मन्त्रालयले बजेट सम्बन्धि विधेयकहरु छपाइका लागि मुद्रण विभाग पठाएको छ। मन्त्रालयले शनिबार विभागमा ४ विधेयक छपाइका लागि पठाएको हो।जसमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाएको हो। आगामी आर्थिक वर्ष २०७९र८० को बजेट आइतबार संसदको दुवै सदनमा पेस हुँदैछ। अर्थमन्त्रालयले बजेटको सबै तयारी पुरा गरेको छ।केही कर दरबारे बजेट टिमले शनिबार बेलुका टुंगो लगाउनेछ। यो बाहेक सबै विषय मन्त्रालयले टुंगोमा पुर्‍याइसकेको छ। रातो किताबको समेत छपाइ सुरु भइसकेको छ।अर्थमन्त्री जनार्दन शर्माले बजेटको सैद्धान्तिक विषयमा सभामुख अग्नि सापकोटा समक्ष ब्

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 118 पटक पढिएको
  • मूल्य वृद्धिको बिरोधमा जाग्यो युवा संघ काठमान्डौमा राके जुनुस ...

          पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।युवा संघका नेता निरज पौडेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवा संघले गर्दै आएको आन्दोलन कार्यक्रम अन्तर्गत शुक्रबार मसाल जुलुस गरिएको बताए ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 246 पटक पढिएको
  • राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः ब्याजदर बढ्ने संकेत (पूर्णपाठ)

    झापा / नेपाल राष्ट्र बैंकले बैंकहरूको ब्याजदरलाई कडाइ गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आर्थिक पर्ष २०७८/०७९ को मौद्रिक नीतिको समीक्षा मार्फत विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत् राख्ने बताएको हो।बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको भन्दै ब्याजदरका साथै अन्य छनौट पूर्ण उपकरणहरू अपनाउने जनाएको छ । केन्द्रीय बैंकले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने समेत स

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 183 पटक पढिएको
  • बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० देखि आईपीओ जारी गर्दै

    काठमाडौं / विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गरेको १५ लाख कित्ता मध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ भने बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।आइपीओमा जेठ २० देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 114 पटक पढिएको
  • प्रि–ओपनिङमा नेप्से २.८६ अङ्कले बढ्यो

    झापा / साताको अन्तिम कारोबारी दिन आज (शुक्रबार) प्रि–ओपनिङ सेससनमा नेप्से २.८६ अङ्कले बढेको छ। साढे १० बजेदेखि पौने ११ सम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको हो। यो अवधिमा कारोबारमा आएका १६ कम्पनीहरुको २ हजार ८९० सेयर किनबेच हुँदा ७ लाख ५ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरूमा दुई वटाको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। प्रि–ओपनिङमा नेप्से २.८६ अंकले बढेर २ हजार २४१ बिन्दुमा अडिएको छ। सेन्सेटिभ पनि ०.७६ अंकले बढेको हो। यस अवधिमा सबैभन्दा धेरै मेगा बैंकको सेयर कारोबार भएको छ। बैंकको ५ लाख ४७ हजार बढीको कारोबार

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 117 पटक पढिएको
  • इन्धनमा १० रुपैयाँ कर घटाउँदै सरकार

    काठमाडौं / सरकारले पेट्रोलिमय पदार्थमा लाग्दै आएको पूर्वाधार र भन्सार शुल्क घटाउने निर्णय गरेको छ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएसँगै १० जेठमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको हो।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए।बडुले संसद्मा बोल्दै भने –‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको छ। अर्थले हिसाबकिताब गरेर कार्यान्वयनमा ल्याउनेछ।’स्रोतका अनुसार केपी श

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 137 पटक पढिएको
  • निर्वाचित भएका जनप्रतिनिधिलाई सहकारीमा बन्देज

    काठमाडौं / स्थानीय तहका जनप्रतिनिधिमा निर्वाचित भएका सहकारीका सञ्चालकले  तत्काल राजीनामा दिनुपर्ने भएको छ । सहकारी विभागले एकीकृत निर्देशन जारी गर्दै सरकारी सेवामा निर्वाचित वा मनोनीत कुनै पनि व्यक्ति सहकारीको सञ्चालक वा लेखा समितिमा बस्न नपाउने व्यवस्था गरेपछि राजीनामा दिनुपर्ने भएको हो ।सहकारी नियमन सम्बन्धीका कार्यमा प्रत्यक्ष रूपमा संलग्न हुने तीनै तहका कर्मचारी पनि सहकारीको सदस्य बन्न नपाउने भएका हुन् । नातागोता तथा बजार प्रतिनिधिका भरमा सरकारीले बजारबाट निक्षेप संकलन गर्न र सहकारीले नियमक निकायको लिखित स्वीकृति नलिई सेवा केन्द्र खोल्न पाउने छैनन् । रजिस्ट्रार रुद

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 112 पटक पढिएको
  • नेप्से परिसूचक ८.०३ अङ्कले वृद्धि

    काठमाडौँ / सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अङ्कले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अङ्कमा पुगेर बन्द भएको छ ।नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख  २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अङ्कले सुधार आएको थियो ।नेप्से परिसूचक वृद्धि  भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अङ्कले बढेर

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 166 पटक पढिएको
  • चामल निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारीमा भारत सरकार

    काठमाडौं / भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध पछि फेरी पनि अत्यावश्यक खाद्यान्न चामलको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतमा पर्याप्त उपलब्धता र मूल्यवृद्धि हुन नदिनका लागि भारत सरकारले चामल लगायतका अत्यावश्यक खाद्यान्नको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको हो ।  विश्वकै दोस्रो ठूलो चामल उत्पादक देश रहेको भारतले सन् २०२१/२२ मा १ सय ५० देशहरूमा चामल निर्यात गरको छ ।भारतले सन् २०२२ का लागि ६ दशमलब ११५ अर्ब डलरको गैर बासमती चामल निर्यात गरेको थियो ।सरकारी अधिकारीहरूका अनुसार सरकारले मुख्यगरी पाँच वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । च

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 235 पटक पढिएको
  • नागरिक बचतपत्रको आवेदन खुला, ११ प्रतिशत ब्याज पाइने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५ वर्षको अवधिका लागि बिहीबारदेखि नागरिक बचतपत्रको आवेदन खुला गरेको छ । न्यूनतम १० हजार रुपैयाँ देखि लगानी गर्न सकिने नागरिक बचतपत्रका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् भने बचतपत्रमा लगानी गरे वापत वार्षिक ११ प्रतिशत ब्याज पाइन्छ ।६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ ।आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.